५ वैशाख (खोटाङ) : विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्दको असर खोटाङमा भने पर्न सकेन । बजार खुल्ला छ भने छोटो दूरीको यातायातका साधन पनि निर्वाध रुपमा सञ्चालनमा छन् । यद्यपी टाढा टाढा जाने यातायातका साधन भने सञ्चालन हुन सकेन ।
जिल्लाको मुख्य बजारहरु दिक्तेलबजार, हलेसी, ऐसेलुखर्क, बाक्सिला, चिसापानी, खोटाङबजार, बुइपाबजार लगायतका स्थानमा बजार क्षेत्र खुल्ला भए पनि खासै सवारी साधन नचल्दा चहलपहल भने कम देखिएको छ ।
बन्दको कारण बिहान ९ बजेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । बन्द प्रभाव शैक्षिक सँस्थाहरुमा पनि परेको छ । बिहानी सत्रमा सञ्चालन हुने जिल्लाको विभिन्न स्थानमा रहेका क्याम्पसको पढाई प्रभावित भएको छ भने सामुदायिक तथा निजी विद्यालयहरु पनि आंशिक रुपमा मात्र खुलेका छन ।
बन्दको सयममा बिरामी बोकेका एम्बुलेन्स, पर्यटक, कुटनीतिक नियोग, पत्रकार, तरकारी तथा दुध बोकेका गाडी एंव अति आवश्यक परेका सवारी साधनलाई अबरोध नहुने माओवादी श्रोतले जानकारी दिएको छ
No comments:
Post a Comment