Monday, March 30, 2020

स्वास्थ्य सम्बन्धि अत्यावश्यक समाग्री खरिद

साकेला (मानेभञ्ज्याङ) १८ चैत्र– 
खोटाङको साकेला गाउँपालिकामा कोरोना रोग नियन्त्रण सम्बन्धि अति आवश्यकीय समाग्रीहरु ल्याईएको छ । रोग फैलन नदिन पछिल्लो समय गाउँपालिकाले सो समाग्रीहरु खरिद गरेर ल्याएको हो । पालिकाले पिपिई ३२ थान, माक्स ख्द्धद्धंं २ सय थान, सर्जिकल माक्स ७८० थान, कपडाको माक्स ३५० थान, सेनिटाईजर १५० पिस, सर्जिकल ग्लेब्स ५ हजार, होम ग्लोब्स १०० थान, रियुजेवल ग्लेब्स ५ सय थान खरिद गरेको हो । 

त्यस्तै वाईब्स २० बट्टा, सेनिटाईजर बनाउने केमिकलहरु, डिस इन्फेक्टेण्ड सोलुसन र पम्प, इन्फ्रारेड थर्मोमिटर ३ पिस, डिजिटल थर्मोमिटर २७ थान, हेड कभर, फुड कभर, सेफ्टी चस्मा समेत खरिद गरी ल्याएको हो । यसरी ल्याईएको स्वास्थ्य समाग्रीहरु सम्बन्धित वडाको स्वास्थ्य चौकी तथा पालिकाभित्र स्थापना गरिएको हेल्प डेक्स र क्वारेन्टाईनमा पठाईएको छ । कोरोना रोग सम्बन्धि समस्या हुन नदिन पालिकाले उक्त समाग्रीहरु ल्याएको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बताउनुभयो ।

यहाँको वडा नं. १ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा ५ शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ । वडा नं. २ रतन्छास्थित साकेला मावि र वडा नं. ४ स्थित बालबालिका माविमा दश÷दश शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ भने साकेला गाउँपालिकाले वडा नं. १ बाँझेच्यानडाँडा, वडा नं. ३ खिदिमाको तावाभञ्ज्याङ्ग र वडा नं. ५ मात्तिमको डाँडाटोलमा हेल्पडेक्स स्थापना गरिएको छ ।



Sunday, March 29, 2020

साकेलामा विदेशबाट फर्किएका एक जना क्वारेन्टाईनमा

साकेला (मानेभञ्ज्याङ) १६ चैत्र– 
यहाँको साकेला गाउँपालिकामा विदेश बाट फर्किएका एक जनालाई क्वारेन्टाईनमा राखिएको छ । साकेला गाउँपालिका वडा नं. २ स्थित रतन्छाका २६ वर्षीय सुरेश परियारलाई क्वारेन्टाईनमा राखिएको वडाध्यक्ष उन्नत राईले जानकारी दिनुभयोे । उनि गत फागुन २९ गतेको उडानमा दुबईबाट आएका हुन् । उनको अवस्था सामान्य रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

त्यसैगरी साकेला गाउँपालिकाले कोभिड–१९ कोरोना रोग भित्रन नदिन स्वयमसेवक स्वास्थ्यकर्मी परिचालन गरेको छ । गत चैत्र १३ गतेको कार्यपालिकाकाे बैठकको निर्णय अनुसार आईतबार देखि पालिकाले ११ जना स्वयमसेवक स्वास्थ्यकर्मी परिचालन गरेको हो । उनिहरुलाई पालिकाभित्र स्थापना गरिएका हेल्पडेक्स तथा क्वारेन्टाईनमा परिचालन गरिएको छ । 

पर्याप्त स्वास्थ्यकर्मी नभएपछि पालिकाले करार अवधि सकिएर तथा अध्ययन गरेर घरै बसिरहेका स्वास्थ्यकर्मी परिचालन गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बताउनुभयोे । वडा नं. १ बाँझेच्यानडाँडामा ४ जना, वडा नं. २ रतन्छामा १ जना, वडा नं. ३ खिदिमामा २ जना, वडा नं. ४ मात्तिममा ३ जना र वडा नं. ५ मा १ जना स्वास्थ्यकर्मी परिचालन गरिएको हो । 

उता साकेलाको वडा नं. १ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा ५ शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ । यसअघि वडा नं. २ रतन्छास्थित साकेला मावि र वडा नं. ४ स्थित बालबालिका माविमा दश/दश शैयाको क्वारेन्टाईन स्थापना गरिसकिएको छ । साकेला गाउँपालिकाले वडा नं. १ बाँझेच्यानडाँडा, वडा नं. ३ खिदिमाको तावाभञ्ज्याङ्ग र वडा नं. ५ मात्तिमको डाँडाटोलमा हेल्पडेक्स स्थापना गरिएको छ ।



Thursday, March 26, 2020

जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा विपद व्यवस्थापन कोषमा

साकेला (मानेभञ्ज्याङ) १३ चैत्र–  कोरोना भाइरस (कोभिड–१९) को जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । 

गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काको अध्यक्षतामा पालिकाका पाँच वटै वडाका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष र कर्मचारीहरुको बिहीबार बसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका २९ जना कार्यपालिका सदस्यको चैत्र महिनाको सेवा सुविधा उक्त कोषलाई उपलब्ध गराउने निर्णय भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

त्यसैगरी तावाताल निर्माणको लागि छुट्टिएको ७० लाख बजेटबाट २० प्रतिशत रकम रकमान्तर गरी सोही कोषमा राखिने भएको छ । आपतकालिन अवस्थामा खर्च गर्ने गरी उक्त कोषमा रकम रकमान्तर गरिने भएको हो । 

त्यस्तै आकस्मिक वैठकको क्रममा गाउँपालिका अध्यक्ष खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई अनिवार्य रुपमा कार्यालयमै तैनाथ रहन निर्देशन दिनुभएको छ । सम्पूर्ण सेवा प्रवाह बन्द भए पनि विपदको समयमा घरमा भन्दा कार्यालयमै रहेर अत्यावश्यक सेवा प्रवाहमा सहयोग गर्न निर्देशन दिनुभएको हो ।

यता, पालिकाले कोरोना रोकथामका लागि गाउँपालिका भित्र रहेर अध्ययन गरी खालि बसेका अनुभवी स्वास्थ्यकर्मीहरुलाई स्वयम सेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको छ भने वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सवै वडा कार्यालयलाई अनुरोध गरिएको छ ।


Wednesday, March 25, 2020

रतन्छामा दश शैयाको करेन्टाईन स्थापना

साकेला (मानेभञ्ज्याङ) १२ चैत्र–  
कोरोना भाइरस (कोभिड–१९) को जोखिम सामना गर्न साकेला गाउँपालिकाको २ नम्बर वडा कार्यालय रतन्छामा क्वारेन्टाईनको स्थापना गरिएको छ । 

गाउँपालिका र वडा कार्यालयको सक्रियतामा साकेला माध्यमिक विद्यालयमा दश शैयाको क्वारेन्टाईन स्थापना गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले जानकारी दिनुभयोे । 

अपरिचित व्यक्ति तथा बाहिरबाट आउने व्यक्तिहरुलाई राख्ने व्यवस्थाका लागि उक्त करेन्टाईनको स्थापना गरिएको हो । विश्वव्यापी महामारी रोग कोरोनाबाट बच्न र बचाउन तत्कालको लागि पालिकाले रतन्छा सहित वडा नम्बर ४ स्थित बालबालिका माध्यमिक विद्यालयमा पनि १० शैयाको करेन्टाईन स्थापना गरेको छ । 

अन्य मूलुक वा नाका पार गरी आएका व्यक्तिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने छ भने सो अवधिमा कोरोना भाईरस सम्बन्धि लक्षण देखा परेमा तुरुन्तै रेफर गरिने अध्यक्ष खड्काले बताउनुभयो ।

खोटेहाङ गाउँपालिका वडा नम्बर ९ स्थित लिच्कीराम्चेमा स्थापना गरिएको पाँच शैयाको करेन्टाईन ।

Tuesday, March 24, 2020

साकेलामा क्वारेन्टाईन स्थापना

साकेला (मानेभञ्ज्याङ) १२ चैत्र–  
कोरोना भाइरस (कोभिड–१९) को जोखिम सामना गर्न साकेला गाउँपालिकाले क्वारेन्टाईनको स्थापना गरेको छ । पालिकाले स्थानीय बालबालिका माध्यमिक विद्यालयमा दश शैयाको क्वारेन्टाईन स्थापना गरेको हो । 

उक्त क्वारेन्टाईनलाई आवश्यकता अनुसार थप गरिदै लगिने जनाईएको छ । बाहिरबाट आएका व्यक्तिहरुलाई उक्त क्वारेन्टाईनमा १४ दिन सम्म राखिने छ । 

सो अवधिमा कोरोना भाईरस सम्बन्धि लक्षण देखा परेमा तुरुन्तै रेफर गरिने गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले जानकारी दिए । पालिकाले अहिले कोरोना भाईरस सम्बन्धि सूचना प्रचार प्रसार गर्ने कार्य जारी राखेको छ ।