Thursday, April 18, 2019

चिसापानीका औषधी पसलमा म्याद गुज्रीएका औषधी फेला

६ वैशाख (खोटाङ) – घरेलु तथा साना उद्योग विकास समितिको अगुवाईमा गरिएको औषधी पसल अनुगमनको क्रममा म्याद गुज्रेका औषधी फेला परेपछि जफत गरिएको छ ।

यहाँको दक्षिणी क्षेत्रमा अवस्थित जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको हो। चिसापानी बजारमा सञ्चालित एक औषधि पसलबाट ५ हजार १ सय बराबरको म्याद गुज्रेका औषधि जफत गरिएको थियो। म्याद गुज्रेका औषधि जलाइएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए। 

अनुगमन समितिले औषधिजन्य, कस्मेटिक, पेयपदार्थ र खाद्यान्न समुहको अवस्थाका विषयमा तीन वटा औषधी पसलमा अनुगमन गरेको थियो। तिनीहरुमध्ये एउटैमा मात्र म्याद गुज्रेका औषधि फेला परेको हो। म्याद गुज्रेका औषधि बेच्ने पसलको नाम र औषधिको प्रकार गोप्य राखिएको छ। 


जफत सामग्री गाउँपालिका प्रमुख शंकर राई, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायब निरीक्षक निरबहादुर कट्वाल, उद्योग वाणिज्य संघका दिलबहादुर तामाङलगायतको रोहबरमा जलाइएको छ। 

अनुगमन टोलीले चिसापानीका ३० वटा पसलमा अनुगमन गरेको जनाएको छ। घरेलु तथा साना उद्योग विकास समिति नेतृत्वको अनुगमन टोली बजार छिरेर अनुगमन सुरु गरेपछि चिसापानीका कतिपय व्यवसायीले हत्तपत्त कमसल उपभोग्य सामग्री छलेको अनुगमन टोलीले जनाएको छ। 

एकातर्फबाट पसलबाट अनुगमन सुरु गरेको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका उपभोग्य वस्तु लुकाएको प्रमुख महतोले बताए। बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि व्यवसायी अत्तालिएका थिए।

Wednesday, April 17, 2019

विप्लवको वन्दको असर यातायात र शिक्षामा

५ वैशाख (खोटाङ) : विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्दको असर खोटाङमा भने पर्न सकेन । बजार खुल्ला छ भने छोटो दूरीको यातायातका साधन पनि निर्वाध रुपमा सञ्चालनमा छन् । यद्यपी टाढा टाढा जाने यातायातका साधन भने सञ्चालन हुन सकेन । 

जिल्लाको मुख्य बजारहरु दिक्तेलबजार, हलेसी, ऐसेलुखर्क, बाक्सिला, चिसापानी, खोटाङबजार, बुइपाबजार लगायतका स्थानमा बजार क्षेत्र खुल्ला भए पनि खासै सवारी साधन नचल्दा चहलपहल भने कम देखिएको छ । 

बन्दको कारण बिहान ९ बजेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । बन्द प्रभाव शैक्षिक सँस्थाहरुमा पनि परेको छ । बिहानी सत्रमा सञ्चालन हुने जिल्लाको विभिन्न स्थानमा रहेका क्याम्पसको पढाई प्रभावित भएको छ भने सामुदायिक तथा निजी विद्यालयहरु पनि आंशिक रुपमा मात्र खुलेका छन ।  


बन्दको सयममा बिरामी बोकेका एम्बुलेन्स, पर्यटक, कुटनीतिक नियोग, पत्रकार, तरकारी तथा दुध बोकेका गाडी एंव अति आवश्यक परेका सवारी साधनलाई अबरोध नहुने माओवादी श्रोतले जानकारी दिएको छ  

Monday, April 15, 2019

रातमा भन्दा बिहान सेक्स गर्दा राम्रो

एजेन्सी : अधिकांशले रातिमा सेक्स गर्नु राम्रो हुन्छ भन्ने मान्यता राख्छन् तर विश्वमा भएका अध्ययन अनुसार रातिमा भन्दा विहानको सेक्स उत्तम हुन्छ । कारण एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा सेक्स गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।

साच्चै भन्ने हो भने सेक्स गर्ने कुनै निश्चित समय छैन न त कति पटक गर्ने भन्ने कुनै वष्तुनिष्ठ सिद्धान्त नै । मानिसहरु आफ्नो समय र उपयुक्तताका आधारमा यौन कर्म गर्ने गर्दछन् ।

यद्यपी अकांशले रातिमा सेक्स गर्ने मान्यता भने हामीमाझ स्थापित छ ।  तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा विहानको सेक्स उत्तम हुन्छ । कारण एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले विहानमा सेक्स गर्ने विभिन्नकारणहरु पत्ता लगाएका छन् ।



विभिन्न् अनुशन्धानहरुले विहानको साढे ७ बजेलाई सेक्स गर्ने उपयुक्त रहेको पत्ता लगाएका छन् । इटलीमा गरिएको एक अध्ययनका अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुने बताइएको छ ।


त्यस्तै विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता बढ्ने र महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुने पनि बताइएको छ । रातीमा किन सेक्स नगर्ने भन्ने विषयमा विहानमा खाना खाएर सेक्स गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने पनि विज्ञहरुको जोड छ । रातीको सेक्समा नयाँपन नहुने भएकाले पनि यौन आकर्शणका लागि फलदायी नहुने बताइन्छ ।

सेक्स कतिपटक गर्ने 
सेक्स कतिपटक गर्ने भन्ने कुनै स्थापित मान्यता छैन मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन् ।तर अध्ययनहरुले भने सातामा तीनपटक सेक्स गर्न उत्तम हुने देखाएको छ ।

यौनसम्पर्क गर्न युवतीलाई फकाउने यो तरिका

एजेन्सी : विश्वमा यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु हुने गरेका छन् र भई पनि रहेका छन् । त्यस्ता अध्ययनहरुबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्दै आएको छ । केही समय अघि गरिएको एक अध्ययनबाट युवतीलाई यौन सम्पर्क राख्नका लागि सहमतीमा ल्याउने बारे नयाँ तथ्य पत्ता लागेको छ ।

सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा फोर प्ले गर्ने गर्नु पर्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनै पनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगार र सयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।


तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ ।

प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका बारेमा थाहा हुने मात्र होइन, दम्पती बीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी बढाउन मद्दत मिल्छ ।

यहि आपसी सम्झदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौन प्रतिक्रिया चक्र र संवेदनशिल अंगका बारेमा थाहा हुनु पर्छ ।

विप्लव माओवादीका जिल्ला सदस्य गिरफ्तार

३ वैशाख (खोटाङ) : खोटाङमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य एबं आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
                                                                                  
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका खत्रीलाई हलेसी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।पक्राउ परेका खत्रीलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनलाई डिकुवाकै एक स्थानीयको मोटरबाईकमा लिफ्ट मागेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


यसअघि, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका थिए । सार्वजनिक मुद्धामा तारिख खेपीरहेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका तुलबहादुर मगर र ऋषिराम बिकले चैत २७ गते प्रजिअ र सुरक्षा निकायका प्रमुखका अगाडि विज्ञाप्ति प्रकाशित गरी पार्टी परित्यागको घोषणा गरेका थिए ।

बस दुर्घटनामा एकको मृत्यु १४ जना घाइते

३ वैशाख (खोटाङ) : काठमाडौ खोटाङको दिक्तेलका लागि छुटेको बस हलेसीमा दुर्घटनामा हुंदा १ जनाको मृत्यु भएको छ । 

काठ्माण्डौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडा दोर्पाका अन्दाजी ३३ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको हो ।

दुर्घट्नामा शक्त घाईते भएका उनलाई उपचारका लागि दिक्तेल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । दुर्घटनामा १४ जना यात्रु घाईते भएको जानकारी आएको छ । 



उपचारमा १२ जनालाई दुर्छिम स्वास्थ्य चौकीमा पठाइए पनि त्यहाँ उपचार हुन नसक्दा घाईतेमध्ये ६ जनालाई टिचिङ अस्पताल काठ्माण्डौं पुयाइएको छ । एकजनाको जिल्ला अस्पताल दिक्तेलमा र अन्यको दुर्छिम स्वास्थ्य चौकीमा उपचार भईरहेकोे छ ।

बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षतीबाट जोगिएको बताइएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।चालक र सह–चालकसहित १५ जना बसमा सवार थिए ।

नेर्पामा फेला पर्यो अनौठो रोग, नगरपालिकाले दियो आर्थिक सहयोग

२२ चैत्र (खोटाङ) – अनौठो रोगले थलिएर बसेका खोटाङ नेर्पास्थित रामपुरका चार जना विश्वकर्मा युवायुवतीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपचार खर्च बापत आर्थिक सहयोग गरेको छ । 

कम्मरमुनीको भाग नचल्ने रोगले बुबा वीरबहादुर र आमा लक्ष्मीमायाँ विश्वकर्माका दुई छोरीको मृत्यु हुनुका साथै तीन छोरी र एक छोरा थला परेर बसेको समाचार सार्वजनिक भएपछि नगरप्रमुख दिपनारायण रिजालको नेतृत्वमा गएको टोलीले बिहीबार पीडित परिवारको घर मै पुगेर उपचार खर्च बापत रु ५० हजार आर्थिक सहयोग गरेको हो । 

३० वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिशा र कक्षा–९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनीको भाग नचल्ने रोगले थला परेर बसेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएपछि नगरपालिकाको टोली उपचार खर्चसहित पीडित परिवारको घरमा पुगेर उनीहरुलाई भेटघाट गरेको छ । 

अनौठो रोगबाट ग्रसीत परिवारलाई आर्थिक सहयाता प्रदान गर्नुहुँदै मेयर दिपनारायण रिजाल ।
उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्य, स्वास्थ्यकर्मी, पत्रकार लगायतको टोलीले उनीहरुलाई उपचार खर्च उपलब्ध गराउनुका साथै घर मै पुगेर अपाङ्गता परिचयपत्र समेत वितरण गरेको छ । 

घरमै पुगेर पीडित परिवारलाई भेटेपछि नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट थप उपचार तथा जीविकोपार्जनमा सहयोग गर्ने आश्वशन दिए । उनले पीडित विश्वकर्मा परिवारलाई सकेको सहयोग गर्न सबैसँग आग्रह गरे । 

१३ जना छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार जना छोराछोरीको मृत्यु भइसकेको छ । २२ वर्षको उमेरमा साइली शर्मिला र २५ वर्षको उमेरमा काइली उषाको कम्मरमुनीको भाग नचल्ने रोगकै कारण मृत्युभएको हो । 

निम्न आर्थिक अवस्था भएका विश्वकर्मा परिवारमा अहिले पाँच छोरी र चार छोरा छन् । दुई जनाको सानै उमेरमा मृत्यु भएको बताइएको छ । पाँच छोरीमा जेठी छोरी सँगीता र कान्छी छोरी अस्मिता तथा छोराहरु जेठा राजेन्द्र, माइला ईन्द्रकुमार र साइला कृष्ण विश्वकर्मामा अहिलेसम्म रोग देखा परेको छैन । सँगीता विवाह गरेर पराइ घर गइसकेकी छिन् । कान्छी छोरी अहिले कक्षा पाँचमा पढ्दै छिन् ।

विश्वकर्मा परिवारमा यस्तो अनौठो रोगको समस्या माइली छोरी कोपिलाबाट शुरुवात भएको स्थानीयवासी तथा जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताए । “शुरुमा सपाङ्ग नै विद्यालय आउथे ।” उनले भने, “पढाइमा पनि अब्बल नै हुन्थे । बिस्तारै पाँच÷छ कक्षा पुगेपछि त्यस्तो समस्या देखिन थालेपछि विद्यालय छाडेर बस्ने गरेका छन् ।” 

हिड्ने क्रममा खुट्टा नलाग्ने, लाटिएर ढल्ने, भनेको समयमा भनेको ठाउँमा खुट्टा नपुग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै बसीसकेकी छिन् । उनलाई कक्षा ५ पढ्दादेखि उक्त समस्या शुरु भएको आमा लक्ष्मीमायाँले बताइन् । 

बाल्यकालमा अरु जस्तै सपाङ्ग जीवन बिताइरहेकी कोपिलालाई अहिले सौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोकेर लानुपर्छ । कोपिला विद्यालय जाँदा लडेको र त्यसपछि उनको बिस्तारै कम्मरमुनीको अङ्ग चल्न छाडेको जनाइएको छ । 

कम्मरमुनीको भाग नचल्ने समस्या कोपिलामा शुरु भएको १२ वर्ष पुगेको बुबा वीरबहादुरले बताए । “यहि समस्या अन्य छोराछोरीमा पनि सर्दै गएको छ ।” उनले भने, “आर्थिक समस्याले उपचार गर्न बाहिर लैजान नसक्दा थप दुई जना छोरीको पनि अवस्था जटिल बन्दै गएको छ ।” 

अनिशा र मनिषाले एसईईसम्मको अध्ययन पूरा गरेकी छन् । अनिशामा कम्मरमुनीको अङ्ग नचल्ने समास्या देखिएको पाँच वर्ष भएको जनाइएको छ । सोही समस्या मनिशामा देखा परेको दुई वर्ष भयो । अनिशा, मनिशा र कोपिलालाई अहिले आमाले नै डोहो¥याएर घर भित्र÷बाहिर गराउनुका साथै सौचालय लानुपर्ने बाध्यता छ । बोल्न, खान र बस्न सक्ने अवस्थाका उनीहरुको हेरचाह वृद्धा आमाले गर्नुपर्छ । 

कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिड्दा उनको खुट्टाले भर दिन्न, काम्ने, लरबराउने जस्ता लक्षण देखा परेको छ । उनलाई कम्मरमुनीको भाग चलाएर हिड्न धेरै सकस हुन्छ । उनमा यो समस्या देखा परेको डेढ वर्ष भएको जनाइएको छ ।  

माइली छोरीबाट शुरु भएको कम्मरमुनीको भाग नचल्ने समस्या बिस्तारै उनीहरुको परिवारका सबै सदस्यमा देखिने सम्भावना रहेको छिमेकीहरु बताउँछन् । खेतीपाती बाहेक आयस्रोतको अन्य विकल्प नभएको विश्वकर्मा परिवारमा एक्कासी उक्त समस्या देखा परेपछि अहिले बिचल्ली भएको छ । 

उनीहरुमा देखिएको समस्याको उपचार नेपालमा सम्भव नहुने स्वास्थ्यकर्मीहरुले बताएको आफन्त तथा नगरकार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताउनुभयो । भारतको गंगाराम अस्पतालमा मात्र उपचार हुने उनीहरुका लागि प्रति व्यक्ति रु आठ लाख लाग्ने बताएपछि झनै समस्या भएको जनाइएको छ ।

अहिलेसम्म राज्यको तर्फबाट कुनै सुविधा नपाएका पीडित विश्वकर्मा परिवारलाई नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले नगद रु दश हजार सहित लत्ताकपडा उपलब्ध गराउनुभएको थियो । पीडित परिवारको घरमै पुगेर नगद तथा लत्ताकपडा उपलब्ध गराउनुभएकी भुसालले यसअघि मनिशालाई नेपालमा हुने सम्पूर्ण उपचार समेत गराउनुभएको थियो । 

दिक्तेलमा पर्यटक भित्र्याउन हलेसी बजारमा पर्यटन सूचना केन्द्रको स्थापना

२ वैशाख (खोटाङ) धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलबजारसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

हलेसीमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई आफ्नो नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरु भ्रमण र अवलोकन गराउन नगरपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आसपास रहेका पर्यटकीय तथा धार्मिकस्थललाई प्रचारप्रसार गर्दै हलेसी आउने पर्यटकलाई दिक्तेल भित्र्याउन पर्यटन सूचना केन्द्र स्थापना गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

“धार्मिक हिसाबले हलेसी र दिक्तेलस्थित कालिका भगवती मन्दिरको सम्बन्ध एक आपसमा जोडिएको मानिन्छ ।” उहाँले भन्नुभयो, “धार्मिक आस्थामा विश्वास गर्नेहरुलाई दिक्तेलसम्म ल्याउन सहजीकरण गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो ।”


हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल मानिने त्रिधार्मिकस्थल हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गरे । 

सूचना केन्द्र उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहेका सदस्य भट्टराईले खोटाङ जिल्ला पर्यटनको हिसाबले धनी रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सूचना केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एकजना कर्मचारी रहने र उनले त्यहाँ आएका पर्यटकलाई नगरपालिका क्षेत्रभित्र भएका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका बारेमा जानकारी गराउने पर्यटन प्रवद्र्धन समितिका संयोजक अनिल जोशीले बताए । 

हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु नौं लाख लागतमा त्रिधार्मिकस्थल हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ ।

सूचना केन्द्रमा नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरु दिक्तेलबजार, बुधेश्वर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दूधकुण्ड, महुरेगढी आँखा पोखरी, साप्सुढाप, सीतादेवी मन्दिर, बगेर भञ्ज्याङ, पञ्चेदोबाटो, सहदेवगढी, रुवालुङ झरना लगायतको फोटोसहितको हाते ब्रुसर राखिएको छ ।

नगरपालिकाभित्र अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई पछिल्लो समय नगरपालिकाले व्यवस्थित बनाउँदै गएको छ ।

रामनवमीको अवसर पारेर आयोजना गरिएको पर्यटन सूचना केन्द्र उद्घाटन कार्यक्रममा अर्का प्रतिनिधिुभा सदस्य हिरा गुरुङ, पूर्व सभाषदद्धय पाँचकर्ण राई र दुर्गाजयन्ती राई, प्रदेशसभा सदस्यद्धय राजन राई र उषाकला राई, राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमका वक्ताहरुले जिल्लालाई धार्मिक पर्यटनको रुपमा विमास गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छन् ।

Sunday, April 14, 2019

सुर्खेतबाट विप्लवका २ कार्यकर्ता पक्राउ

१५ चैत, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड्का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । सुर्खेत प्रहरीले समूहका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको बताइएको छ ।

हलेसीका स्थानीयलाई होमस्टे तालिम

१५ चैत २०७५ खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई आवश्यक तालिम दिइएको हो।

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी र अर्खौलेबीचको बस्ती आसपासमा होमस्टे सञ्चालन गर्ने उद्धेश्यकासाथ ७ दिने तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका नासु दिनेश राईले बताए।


स्थानीयलाई होमस्टे सम्वन्धी सीप प्रदान गर्दै हलेसी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार उद्घाटन गरिएको तालिम बिहीबार समापन गरिएको छ।

होमस्टे सञ्चालन गरेर हलेसीको पर्यटन प्रवद्र्धन गर्दै स्थानीयलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि पहिलोपल्ट होमस्टे तालिम आयोजना गरिएको हो। होमस्टे तालिममा सहभागी नगरपालिकाभित्रका होटल व्यवसायी र अन्य सहभागीलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले प्रमाणपत्र प्रदान गरे।

दर्शनार्थी एवं पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको छैन। हलेसी आएका पर्यटकलाई स्थानीय अर्गानिक उत्पादन उपभोग गर्ने, स्थानीय संस्कृतिमा रम्ने, स्थानीय शैलीको घरमा बास बस्ने वातावरण बनाउनका लागि होमस्टे तालिम आयोजना गरिएको मेयर राईले बताए।

‘हलेसीमा होमस्टे सञ्चालनका लागि यो पहिलो प्रयास हो,’ मेयर राईले भने, ‘हलेसी आएका बेलामा स्थानीय अर्गानिक उत्पादनको स्वाद चाख्न चाहने, स्थानीय सामग्रीले बनेको घरमा बस्न चाहने पर्यटकलाई लक्ष्यीत गरेर होमस्टेको तालिम गरिएको हो।’ 

होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डो(याउने अपेक्षा गरिएको छ। होमस्टेले हलेसीको पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई स्वरोजगार बन्न टेवा पुग्ने मेयर राईले बताए। 

साप्सुधापलाई सिमसार पर्यटकीय क्षेत्र बनाइने

खोटाङ, १७ चैत्र–खोटाङको साप्सुधापलाई सिमसार पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ९ निर्मलीडाँडा सिरानमा पर्ने साप्सुधाप एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । उक्त स्थानको पर्यटकीय विकासका लागि नगरपालिकाले २७ लाख बजेट विनियोजन गरेको छ । 

स्थानीयको ३० प्रतिशत जनश्रमदानमा अहिले पर्खाल, घेराबारा, प्रवेशद्धार, तालको बीचमा रेलिङ सहितको पुल तथा पर्खाल वरिपरी रेलिङ निर्माण भईरहेको छ । उक्त स्थानमा हालसम्म ५० प्रतिशत काम सम्पन्न भईसकेको उपभोक्ता समितिका अध्यक्ष भीमकुमार राईले बताए । 


गतवर्ष उक्त स्थानसम्म पुग्नको लागि ६ सय मिटर बाटोको सोलिङ र ३ वटा प्रवेशद्धार निर्माण गरिसकिएको साप्सुधापमा यो वर्ष एकवटा प्रवेशद्धार निर्माण गरिनेछ । भोजपुर, ओखलढुङ्गा, सोलुखुम्वु, उदयपुर, खोटाङ लगायतका स्थानीयवासी भाकल बुझाउन भन्दै साप्सुपूजा गर्न यस स्थानमा वर्षेनी आउने गर्छन् । 

साप्सुधापलाई सिमसार पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि डिपिआर समेत तयार भईसकेको छ । सदरमुकाम दिक्तेलदेखि ३६ किलोमिटर टाढा पर्ने साप्सुधाप निर्माणाधिन मध्यपहाडि सडकदेखि केही माथि पर्छ । उक्त स्थानसम्म पुग्नको लागि कच्ची मोटारबाटो समेत तयार पारिएको छ । साप्सुधापमा जनैपूर्णीमा (साउन–भदौ) र कात्तिके पूर्णीमामा ठूलो मेला लाग्ने गर्दछ ।  



Saturday, April 13, 2019

लडेर एकको मृत्यु

१७ चैत २०७५
खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ८७ वर्षीय नीरबहादुर राईको लडेर मृत्यु भएको छ। घरभन्दा केही टाढा गएर फर्कने क्रममा बिहीबार साँझ लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

बाटोभन्दा करिब ५ मिटर तल खसेका राईको टाउको ढुंगामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। प्रहरीका अनुसार राईको घटनास्थलमै मृत्यु भएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा डाक्टर नहुँदा मृतकको शव पोस्टमार्टमका लागि उदयपुरको बेलटार पठाइएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भए पनि नियमित डाक्टर नबस्दा सर्वसाधारण मारमा पर्ने गरेको स्थानीय दिलीप राईले बताए। गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर नहुँदा कुनै पनि सेवा लिन अन्यत्र जान बाध्य छन्।

जमिन बाँझो राख्न नपाउने नीति स्वीकृत

१४ चैत, काठमाडौं । सरकारले जमिन बाँझो राख्न नपाउने गरी तयार राष्ट्रिय भूमि नीति २०७५ पनि स्वीकृत गरेको छ ।

खेतीयोग्य जमिनलाई खेर जान नदिने उद्देश्यले राष्ट्रिय भूमि नीति ल्याइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । यस नीतिलाई केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।

‘सरकारी वा सार्वजनिक जग्गाको अतिक्रमण विभिन्न चरणमा हुँदै आएको छ । त्यसलाई रोक्ने र भूमिमा नागरिकको हक सुनिश्चित गर्ने उद्देश्य रहेको छ’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले भने, ‘यसमा भूमिहरु बाँझो राख्न नपाइने, खेतीयोग्य जमिलाई खेर जान नदिने नै मुख्य कुराहरु रहेका छन् ।’


संयुक्त आवास निर्माण स्वीकृतिका लागि अधिकारीहरु तोकिए
सरकारले संयुक्त आवास भवन निर्माणको स्वीकृति एवं नियमन गर्न बिभिन्न जिल्लाका लागि अधिकारीहरु तोकेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, रसुवा, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली र दोलखा जिल्लाहरुमा संयुक्त आवास निमार्णबारे हेर्ने जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकले पाएका छन् ।

केही जिल्लाहरु भने शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको सघन शहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुखले हेर्नेगरी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

उनका अनुसार झापा इलाम, पाँचथर, ताप्लेजुङ,सप्तरी, सिराहा र उदयपुर, पर्सा, रौतहट र बारा, चितवन, मकवानपुर, नवलपरासी सुस्ता पूर्व र सुस्ता पश्चिम, दाङ, प्युठान, रोल्पा र रुकुम जिल्लामा संयुक्त आवास निमार्णको स्वीकृति र नियमनको कार्य सघन शहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुखले गर्नेछन् ।

बाँकी जिल्लाहरुमा संयुक्त आवासको स्वीकृति र नियमनको कार्य विभागकै संघीय निकाय कार्यन्वयन इकाइका कार्यलय प्रमुखहरुले गर्नेछन् । विराटनगर कार्यालय अन्तर्गत मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र ओखलढुङ्गा पर्दछन् । जनकपुरअन्र्तगत, धनुषा, महोत्तरी पर्दछन् । पोखरा कार्यालय अन्तर्गत, कास्की, बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वत, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङ र मनाङ रहेका छन् ।

रुपन्देही भैरहवा अन्तर्गतको कार्यालय प्रमुखले रुपन्देही, कपिलवस्तु, अर्घाखाँची हेर्नेछन् भने, बाँके नेपालगञ्ज कार्यलयले बाँके र बर्दियाको हेर्नेछ । सुर्खेत वीरेन्द्रनगर कार्यालयले सुर्खेत, दैलेख, सल्यान, जाजरकोटा, रुकुम पश्चिम, जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा हेर्नेछ । कैलाली धनगढी कार्यालयले कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङ हेर्ने मन्त्री बास्कोटाले जानकारी दिए ।

हलेसी संघीय सरकारको मातहतमा रहने


गम्भीर घाइते गर्भवतीको उपचारमा आर्थिक समस्या

खोटाङ–डाले घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ । डाले घाँस काट्ने क्रममा गायोको रुखबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीय कविता राईको उपचारमा आर्थिक समस्या भएको हो । फागुन ३० गते डाले घाँस काट्ने क्रममा लडेर गम्भीर भएकी राईको हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । रुखबाट लड्दा सात महिने गर्भवती कविताको दाहिने हात दुई ठाउँमा भाँचिएको छ । ढाडमा असर पुग्दा उठबस गर्नै नसक्ने अवस्थामा पुगे पनि उनले चैत ३ गते सात महिनाको बच्चालाई सकुसल जन्म दिएकी आफन्तले बताएका छन् । जन्मिएदेखि आइसियुमा राखिएका नवजात शिशु (छोरा) लाई आइतबार निकालिएको छ । उनको उपचारमा परिवारले अहिलेसम्म ऋण गरेर एक लाख ३० हजार खर्च गरेको छ । थप उपचारका लागि आर्थिक समस्या भएको श्रीमान शेषकुमार राईले बताए । शेषकुमार आफैं पनि शारीरिक रूपमा अपांग छन् । उनको बालक छँदै दाहिने हात भाँचिएर काटिएको छ । बिरामीको उपचारमा सहयोग गर्नका लागि ९८६२५०३८४४ मा फोन सम्पर्क गर्न सकिनेछ । यसैबीच, उपचारका क्रममा आर्थिक अभवा झेलीरहेकी कवितालाई १३ हजार आर्थिक सहयोग प्राप्त भएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पाँच हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिनादेवी राईले ३ हजार र समाजसेवी देवान राईले पाँच हजार आर्थिक सहयोग गरेका हुन् । उनीहरूले अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनको नाजुक अवस्था देखेर शुभेच्छुकबाट सहयोग जुट्न थालेको छ ।

दाईको दुवै हात छिनालेर भाई फरार

खोटाङ-खोटाङमा एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् । गएराति करिब १ बजे केपिलासगिढि गाँउपालिका ७ सुङदेलका २२ बर्षिय बालकुमार राईले आफ्नै दाई २५ वर्षिय अष्ट बहादुर राईको दुबै हात काटेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घरायसी विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ । फरार रहेका बाल कुमारको खोजी कार्य शुरु गरिएको प्रहरी नायब उपरिक्षक राजकुमार केसिले जानकारी दिनुभयो । घाईते अष्ट बहादुुरको दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौ रेफर गरिएको छ ।

दस हजार अस्थायी शिक्षक बिदाइ गरिने

भक्तपुर/स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ९साविकको शिक्षा विभागले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपियाँ राखेको छ । केन्द्रले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको जानकारी दिए । सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग भएको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाएको थियो । शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४०८ शिक्षक अपुग छन् । उनले मन्त्रिपरिषद्ले निर्णय गरिदिए आफूहरूले शिक्षक पदस्थापन र दरबन्दी मिलान तत्काल अगाडि बढाउने बताए ।

रिचार्ज कार्ड गायब बनाउने पक्राउ

१७ चैत २०७५,खोटाङ – खोटाङमा रिचार्ज कार्ड चोरीमा संलग्न युवा पक्राउ परेका छन्। काठमाडौंबाट खोटाङको ऐंसेलुखर्क गाउँपालिकातर्फ जाँदै गरेको जिपबाट नाटकीय ढंगले १ लाख ६५ हजार ५ सय बराबरको एनटिसी, एनसेल र डिसहोमको रिचार्ज कार्ड गायब गर्ने ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलका १९ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन्।

गत फागुन २९ गते जिपबाटै रिचार्ज कार्ड हराएको र खोजीको क्रममा उनलाई बुधबार रिचार्ज कार्डसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। प्रहरी अनुसन्धानका क्रममा राईले ऐंसेलुखर्क पुग्नेबेलामा गाडी रोकेको मौका पारी रिचार्ज कार्डको पोको जंगलतिर फालिदिएका र पछि आएर रिचार्ज कार्ड लगेको खुलेको छ।

बरामद रिचार्ज कार्डमध्ये २ हजार ३ सयको रिचार्ज कार्ड भने प्रयोग भइसकेको पाइएको प्रहरीले बताएको छ। काठमाडौंका डिलरले ऐंसेलुखर्क बजारका व्यवसायीलाई गाडीमा पठाइदिएको रिचार्ज कार्ड सोही गाडीमा यात्रा गरिरहेका उनले गायब बनाएको पाइएको डिएसपी केसीले बताए। 

काठमाडौंबाट गाडी चढ्दा उसले गाडीमा रिचार्ज कार्ड हालेको देखेका रहेछन्। ऐंसेलुखर्क पुग्ने बेलामा गाडी रोकेको मौकामा कसैले थाहा नपाउनेगरी रिचार्ज कार्डको पोको जंगलतिर फालिदिएका रहेछन्,’ डिएसपी केसीले भने, ‘पछिबाट आएर उनले रिचार्ज कार्ड लगेका रहेछन्।’

राईले केही रिचार्ज कार्ड आफैले र केही साथीलाई हालिदिएको खुलेको छ। पक्राउ परेका राईलाई कानुनी कारबाही थालिएको प्रहरीले जानकारी दिएको छ।

Thursday, April 4, 2019

साप्सुखोला पुल ठेकेदार परिवर्तन गरेर निर्माण गरिदै

२२ चैत्र (खोटाङ)–तोकिएको मिति सकिएको १५ महिना बित्दा समेत साप्सुखोलामा निर्माणाधीन पक्की पुल निर्माणको काम नसकिएपछि ठेकेदार कम्पनीको प्रतिनिधि परिवर्तन गरेर काम अघि बढाइएको छ । वि.सं. २०७३ साल मङ्सिर २२ गते शिलान्यास गरिएको जिल्लाको दक्षिणी क्षेत्र जोड्ने प्रमुख सडक खण्डमा पर्ने साप्सुखोलामा निर्माणाधीन पक्की पुलको काममा चरम ढिलासुस्ती भएपछि ठेकेदारको प्रतिनिधि परिवर्तन गरेर काम अघि बढाइएको हो ।

१८ महिनाभित्र पूरा गर्नेगरी २०७३ वैशाखमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले ठेक्का लिएको पुलको लफ्याङतर्फको पिलर ठड्याउन नै दुई वर्ष लागेपछि पुरानो प्रतिनिधिका ठाउँमा नयाँ प्रतिनिधि परिवर्तन गरेर बाँकी कामलाई तीव्रता दिइएको साकेला गाउँपालिकाका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । 

काम द्रुत गतिमा अघि बढाउन वा ठेक्का तोड्न दबाब दिएपछि गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले प्रतिनिधि श्याम पोखरेलको ठाउँमा दोभान निर्माण सेवाका सुरज बस्नेतलाई प्रतिनिधि बनाएर बाँकी कामको जिम्मा दिएको जनाइएको छ ।

पेटी ठेक्का लिएको दोभान निर्माण सेवाले दुई हप्तामै पुलको मात्तिमतर्फको पिलर ठड्याउने काम शुरु गरेको स्थानीयले बताएका छन् । आगामी असार मसान्तसम्ममा सम्पूर्ण काम पूरा गर्नेगरी पुल निर्माणको काम अघि बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको गाउँपालिका प्रमुख खड्काले बताए ।

असारभित्रमा पुलको काम नसकिए सवारीसाधन आवत जावत नभएर गाउँपालिकामा ‘नाकाबन्दी’ लाग्ने अवस्था बन्ने भएकाले पुल निर्माणको काम जुनसुकै हालतमा पूरा गर्न निर्देशन दिइएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिए । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्नेगरी ठेक्का लागेको पुलको म्याद २०७४ साल कातिकमै सकिएको हो ।

पुल शिलान्यासका क्रममा ठेकेदारका प्रतिनिधि पोखरेलले सात महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए । तर, शिलान्यास भएको म्याद नाघेको १५ महिना बित्दा पनि पुल निर्माणको कामले अपेक्षित गति लिन सकेको थिएन ।

हरित सडक नाम दिइएको दिक्तेल–खोटाङबजार सडक खण्डको साप्सुखोलामा निर्माणाधी पुल निर्माणको काम अलपत्र भएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गत कातिक ५ गते ठेकेदार कम्पनी गजुरमुखी जेभीलाई कालोसूचीमा राख्न गृहमन्त्रीसमक्ष लिखित माग राखेका थिए । सो पुलको शिलान्यास भट्टराईले नै गरेका हुन् । 

बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रमले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको सडक ७४ किलोमिटर लामो छ । जिल्लाका कृषि उपज निर्यात गर्ने लक्ष्यका साथ निर्माण गरिएको हरित सडक साप्सु र तावाखोलामा पुल नहुँदा अहिले उपयोग विहीन बनेको छ ।

जयराम–हलेसी सडक मर्मत हुने

२२ चैत्र (खोटाङ)–कालोपत्रे उप्किएर दुर्घटनाग्रस्त क्षेत्र बनेको जयराम-हलेसी सडक मर्मत गरिने भएको छ । आठ वर्षअघि गरिएको कालोपत्रे उप्किएर खाल्डाखाल्डी भएपछि दुर्घटना ग्रस्त क्षेत्र बनेको च्यास्मिटारदेखि-हलेसीसम्मको ३० किलोमिटर सडक मर्मत गरिने भएको हो ।

मध्यपहाडी लोकमार्गमा पर्ने जयराम-हलेसी सडकको च्यास्मिटारस्थित प्रहरीचौकीदेखि हलेसीसम्मको जीर्ण सडक मर्मतका लागि यही चैत ८ गते आशयपत्र आह्वान गरिएको छ । कालोपत्रे उप्किँदा सवारीसाधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको सडक मर्मतका लागि पुष्पलाल मध्यपहाडी सडक आयोजनाले आशयपत्र आह्वान गरेको हो ।


सडकको ठाउँठाउँमा खाल्डाखुल्डी परेको र जोखिमपूर्ण भएकाले मर्मत गर्न सडक विभागका महानिर्देशक र हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राईबीच गत फागुन ३० गते सहमति भएको थियो । स्वच्छन्द-भगवती निर्माण सेवाले पहिलो पटक २०६७ सालमा गरेको पहिलो ओटासिल कालोपत्रे उप्किएपछि त्रिधार्मिकस्थल हलेसी आउनेजाने पर्यटक तथा दर्शनार्थी मारमा परेका छन् ।

हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सयौं सवारीसाधनको ओहोरदोहोर हुने गरेको छ । विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने पिच बाँकी नरहेपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुको गुनासो छ ।

२०६७ सालमा गरिएको कालोपत्रे खण्ड मर्मत नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य बनेको हलेसी तुवाचुङ नगरपालिका ३ का वडाध्यक्ष भलाराज राईले बताए । स्थानीयका अनुसार दुर्छिमको छापडाँडा र हलेसीबीचको सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी बनेको छ ।

प्रहरी चौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको खण्डमा कालोपत्रे उप्किँदा ‘बुङबुङ’ धुलो उड्ने गरेको छ । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्रको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण आठ वर्ष नपुग्दै सडकको अवस्था कच्ची सडक सरह बनेको स्थानीयको हो ।

सडकमा स्वच्छन्द-भगवती निर्माण सेवाले २०६५ देखि २०६७ सालसम्म लगाएर ओटासिल कालोपत्रे गरेको थियो । कम्तिमा दश वर्ष टिक्नुपर्ने ओटासिल कालोपत्रे तीन÷चार वर्षमै उप्किन थालेको हो ।

ठेकेदारले आफ्नो फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समिति समेत गठन गरेको थियो । जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्ती नजिक बाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेर हिँडेको थियो ।

मिर्गौला पीडित भन्छन्, “परिवारको लागि भएपनि मलाई बँचाइ दिनुहोस् !”

२२ चैत्र (खोटाङ)- दुबै मिर्गौलाले काम गर्न छाडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित काहुलेका छविलाल मगरले आर्थिक सहयोगको याचना गर्नुभएको छ । गत माघ-३ गतेदेखि काठमाडौँको सुमेरु अस्पतालमा उपचार गराइ रहनुभएका ४२ वर्षीय मगरले थप उपचारका लागि सहयोगको याचना गर्नुभएको हो ।

जीवन र मरणको दोसाँधमा रहनुभएका छविलालले कसैको सहयोग पाए आफू बाँच्ने आशा रहेको बताएका छन् । “मृत्यु त एक दिन अवस्य सबैको हुन्छ नै !” उनले भने, “आफू मरेर गएपछि नाबालक छोराहरु र श्रीमतीको बिचल्ली हुने भयो । सक्नुहुन्छ भने मलाई बँचाइ दिनुहोस् । मेरा परिवार पनि बँच्नेछन् ।”

हप्तामा दुई पटक डाइलासिस गराइ रहनुभएका छविलालले आफ्नो जिम्मेवारी पूरा गर्न नपाउने हो कि भन्नेमा आशंका व्यक्त गरे । “जन्म दिइयो । हुर्काउन र कर्म दिन बाँकी छ ।” उनले भने, “यही उमेरमा यस्तो होला भन्ने लागेको थिएन । उनीहरुको भविष्यको लागि भएपनि मलाई बँचाइ दिनुहोस् !”


कमजोर आर्थिक अवस्था भएका मगर अहिले छोरी निर्मला मगर र ज्वाइँ बिमल मगरको सहयोगमा काठमाडौँको कपनमा बसेर उपचार गराइ रहेका छन् । पाँच सन्तानका बुबा छविलालको सम्पत्तीका नाममा साँढे दुई रोपनी पाखो जग्गा मात्र रहेको उहाँका छिमेकीहरुले बताएका छन् ।

घरको आर्थिक अवस्थाले नपुगेपछि ऋण काढेर उपचारका लागि काठमाडौँ पुग्नुभएका मगरको दुबै मिर्गौला फेर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । बिहान÷बेलुका छाक टार्न समेत अरुको घरमा बनीबुतो गर्नुपर्ने अवस्थाका छविलालको दुबै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि मगर परिवारमा आर्थिक संकट परेको छ ।

छविलाल र उहाँकी श्रीमती देविसरा मगरको सबैभन्दा जेठी छोरी २२ वर्षीया निर्मला मगर विवाह गरेर पराइ घर गइसकेकी छिन् । मगर दम्पत्तीको चार भाइ छोराहरु अहिले माध्यमिक तहभन्दा कममा अध्ययनरत छन् ।

श्रीमानको कमाइले दैनिक छाक टार्दै आएकी देविसरालाई अहिले ठूलो आर्थिक समस्या परेको छ । श्रीमान बिरामी भएपछि उहाँको उपचारसँगै चार भाइ छोराको लालन÷पालन तथा पठन÷पाठनको जिम्मेवारी देविसराको काँधमा आइपरेको छ ।

छविलालको उपचारका लागि सहयोग रकम जुटाउन रेवती मगर र नानीमैयाँ मगरले आर्थिक संकलन अभियान शुरु गरेका छन् । उनीहरुले काठमाडौँस्थित एभरेष्ट बैङ्कमा नानीमैयाँ मगर र छविलालका जेठा छोरा प्रेम मगरको नाममा ००२००५०१२१५४७६ नम्बरको संयुक्त खाता खोलेका छन् । 

नाताले भतिजी पर्ने अभियान्ता नानीमैयाँले भनिन्, “काकाको उपचारमा ठूलो खर्च भइसकेको छ । घरको आर्थिक अवस्थाले धान्ने अवस्था छैन । मानवीय हिसाबले उहाँलाई बँचाउन सबै सहयोगी मनहरुलाई अनुरोध गरिरहेका छौँ ।” उनी थप्छिन्, “अब कति रकम लाग्छ भन्ने पनि यकिन भएको छैन । स्वास्थ्यकर्मीले दुबै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेको छ । उहाँहरुसँग गाडी भाडा समेत छैन ।”

मिर्गौला पीडित छविलालका लागि आर्थिक सहयोग जुटाउन सहयोग रसिद छपाएर गाउँगाउँमा पठाउने तयारी समेत गरिएको जनाइएको छ । विदेशमा रहेका आफन्तहरुका लागि फेसबुक पेज बनाएर अभियान थालिएको अभियान्ताहरुले बताएका छन् ।

छविलालको उपचारमा सहयोग गर्न चाहनेहरुले मोबाइल नम्बर ९८६०४६२९६६, ९८४२८७६२४२ र ९८६९०५०४१८ सम्पर्क गर्न सक्ने जनाइएको छ । स्वास्थ्य संस्थाबाट दिने छुटका विषयमा समेत पहल गरिदिन अनुरोध गरिएको छ । 

Wednesday, April 3, 2019

छापामाध्यममा आजका प्रमुख खबर

२१ चैत्र (काठमाडौ) – बारा–पर्सा हावाहुरीबाट प्रभावितहरूको उद्धार तथा राहतबारे निरन्तर निगरानी गर्दै आएका पत्रिकाहरू आज पनि यसमै केन्द्रित छन् । राहत वितरणका अतिरिक्त केही दैनिकले विपद् पूर्वतयारीको अवस्थाबारे पनि चर्चा गरेका छन् ।

यसबाहेक न्यायाधीश नियुक्ति, प्रेस पासमा लगाइएको अंकुशलगायत विषयलाई पनि पत्रिकाहरूले स्थान दिएका छन् ।


कान्तिपुरले हुरीप्रभावितको राहतबारे आएका आश्वासनहरू प्रभावकारी नभएको औंल्याएको छ । राहतको आश्वासन धेरैले दिए पनि थोरै मात्र लाभान्वित भएको समाचारको सार छ । राहत तथा पुनस्र्थापनामा भइरहेको बिलम्वले हुरीप्रभावित क्षेत्रका बालबालिका र महिला असुरक्षित बन्दै गएको कान्तिपुरले लेखेको छ ।

प्रेस पासमा लगाइएको अंकुशलाई कान्तिपुरले जोडतोडका साथ उठाएको छ । कान्तिपुर लेख्छ– संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानूनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ ।


‘जो दोषी, उही न्यायाधीश’ शीर्षक दिएर कान्तिपुरले न्यायाधीश सिफारिसमाथि प्रश्न उठाएको छ । कान्तिपुरका अनुसार ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । 

परिषदका सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषदमा पेस गरेको छानबिन प्रतिवदनमा राजेशकुमार काफ्ले , लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । 

छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वभाविक थुनछेक आदेश गरेकाले विवादित छन् ।

कान्तिपुर अगाडि लेख्छ– प्रतिवेदनमा उल्लेखित ५ न्यायाधीशमध्ये ४ जनामाथि विस्तृत अनुसन्धान र कार्यक्षमता अभावमा कारबाहीको सिफारिस गरिएको थियो । एक जनामाथि भने सचेत गराउने निर्णय भएको थियो । तर बिडम्बना कारबाही सिफारिस गरेका न्यायपरिषद् सदस्यद्वयले नै तिनै न्यायाधीशलाई उच्च अदालतको न्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।



नागरिकले हावाहुरी प्रभावितहरूको राहत वितरण वैज्ञानिक नबन्दा वास्तविक पीडितहरु राहतबाट वञ्चित भएको लेखेको छ । नागरिकले जस्तै अन्नपूर्णले पनि राहत वितरण प्रभावकारी नभएको औंल्याएको छ । अन्नपूर्णका अनुसार भित्री वस्तीमा राहत पुग्न सकेको छैन ।

कारोबारले सुधीर बस्नेतको भेगास सिटी लिलाम हुने लेखेको छ । कैयनलाई ठगेका बस्नेत बुधबार मात्रै पक्राउ परेका थिए । आगामी असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने अर्को खबर पनि कारोबारमा छ । कारोबारका अनुसार, पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाले दियो दश लाख, थुलुङ राईको पाठ्यक्रम निर्माण गरिने

२१ चैत्र (खोटाङ) – थुलुङ भाषाको पाठ्यक्रम निर्माणका लागि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । शैक्षिक–सत्र २०७५/०७६ देखि खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका २२ विद्यालयमा कक्षा १ बाट थुलुङ भाषाको कक्षा सञ्चालन भइरहेका बेला थुलुङ दुधकोशी गाउँपालिकाले कक्षा २ को पाठ्यक्रम तयार पार्नका लागि बजेट विनियोजन गरेको हो ।

थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईले थुलुङ राई भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेर लागू गर्नका लागि अगुवाई गरिरहेको थुलुङ राई संस्कृति प्रतिष्ठानको नाममा बजेट छुट्याएका हुन् । कक्षा २ को थुलुङ भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्नका लागि गरिएको आग्रह अनुशार गाउँकार्यपालिकाको बैठकले वजेट विनियोजन गरेको थुलुङ राई संस्कृति प्रतिष्ठानका महासचिव पदम थुलुङले बताए ।



गाउँपालिकाले विनियोजन गरेको रकम थुलुङ राई भाषा पाठ्यक्रम बिकास केन्द्रमार्फत पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको काममा परिचालन गरिने प्रतिष्ठानले जनाएको छ ।

गत वर्ष विभिन्न गाउँपालिका र शुभेच्छुकको आर्थिक सहयोगमा शिशु कक्षा र कक्षा १ को पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको थुलुङ भाषी अभियान्ताको आग्रहमा गाउँपालिकाले प्रतिष्ठानको नाममा बजेट छुट्याएको जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिकाले थुलुङ भाषाको शिक्षकको व्यवस्थाका लागि समेत आश्वसन दिएको थुलुङ राई संस्कृति प्रतिष्ठानका महासचिव थुलुङले बताए ।

स्थानीय तहको कार्यान्वयनले विभिन्न भाषाभाषीमा पठन–पाठन गर्ने बाटो खुलेसँगै शैक्षिक–सत्र २०७५/०७६ बाट खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा विभिन्न विद्यालयमा थुलुङ राई भाषामा पठन पाठन सुरु गरिएको हो ।

सोलुखुम्बूको थुलुङ दुधकोसी गाउँपालिकाका सबै वडा, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको कुइभीर, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी, महेश्वरी, ज्यामिरे, रावाबेँसी गाउँपालिकाको लामीडाँडा, दिक्तेल रुपाकोट मझुवागढीको नुनथला लगायतका थुलुङ भाषाको बाहुल्यता भएको विद्यालयमा थुलुङ राई भाषामा पठन–पाठन सुरु गरिएको हो ।

दिक्तेलबजारमा पैंचो पसल सुरु

२१ चैत्र (खोटाङ) – खोटाङको दिक्तेलबजारमा एैचोपैंचो सहुलियत पसल सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला सहकारी संघको साझेदारीमा दिक्तेलको पुरानो बैंकचोकमा एैचोपैंचो सहुलियत पसल सुरु गरिएको हो ।

६२ औं सहकारी दिवस समापनको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवि राईले बुधबार एैचोपैंचो सहुलियत पसल उद्घाटन गरेका हुन् ।

बजार अभाव झेलीरहेका कृषि उपजको बजारीकरणका लागि नगरपालिकाको ४ लाख र सहकारी संघको २० लाखको लागतमा एैचोपैंचो सहुलियत पसल सुरु गरिएको हो । नगरपालिका र सहकारी संघकोतर्फबाट लगानी बृद्धि गर्दै कृषि उपज ओसार–पसारका लागि गाडी समेत खरिद गर्ने लक्ष्य राखिएको छ ।

ऐंचोपैंचो पसलको उद्घाटनपश्चात नगरप्रमुख दिपनारायण रिजाल लगायत अन्य ।

किसानबाट काउली, बन्दा, साग, आलु, फलफूल, खाद्यान्न लिएर सो वापत किसानलाई तरकारीको बीउरविजन वा नुन, तेल, सावुन जस्ता उपभोग्य सामान वा इच्छा अनुसार पैसा दिने गरी पसल सुरु गरिएको जिल्ला सहकारी संघका अध्यक्ष अनिल जोशीले वताए । 

संघका अध्यक्ष जोशीका भने स्थानीय किसानले उत्पादन गरेका तरकारी, खाद्यान्न लगायतका कृषिजन्य वस्तुको संकलन एवम् बजार व्यवस्थापनका लागि एैचोपैंचो सहुलियत पसल सुरु गरिएको हो ।

बचत गर्न चाहले किसानले सामानको मूल्य बराबरको रकम लालुपाते सहकारी संस्थामा बचत गर्न सकिने समेत व्यवस्था गरिएको सहकारी संघले जनाएको छ ।

गरिबी दर १३ प्रतिशतमा झारिने

२१ चैत (काठमाडौ) – सरकारले १५ औं योजनाको अन्त्यसम्म गरिबी १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। १७ प्रतिशत गरिबीलाई आव ०८०/८१ सम्म चार प्रतिशतले घटाएर १३ प्रतिशतमा सीमित गर्ने गरी योजनाको खाका तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले जानकारी गराए। 

१४ औ योजनको सुरुमा नेपालमा गरिवीको रेखामुनि रहेको जनसख्या २१।६ प्रतिशत थियो भने गत आर्थिक वर्ष यस्तो गरिबी १८.७ प्रतिशतमा झरेको थियो। गत आर्थिक वर्षमा बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ प्रतिशत थियो। १५ औं योजनाको अन्त्यसम्म १४ यस्तो गरिबीको संख्या १४ प्रतिशतमा सीमित गर्ने सरकारी लक्ष्य छ। 

सरकारले यो अवधिमा गरिबी न्यूनीकरणका लागि ठोस कदम चाल्ने राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। ‘मुलुकभित्रै रोजगारी सिर्जना गरेर रोजगारीका लागि अन्य देशमा जान नपर्ने वातावरण सिर्जना गरिनेछ,’ उनले भने ‘नयाँ उद्योगहरू स्थापना हुनेछन्।’ 

१५ औं योजनाको अन्त्यसम्म नेपालको आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुग्ने १५ औं योजनाको आधारपत्रमा उल्लेख गरिएको छ। यो वृद्धिदर भनेको औद्योगिक राष्ट्रको स्तरको उच्च वृद्धिदर हो।

प्रतिव्यक्ति आय गत आवको १२ हजार एक सय अमेरिकी डलरबाट बढेर १५ औं योजनाको अन्त्यसम्म एक हजार ६ सय डलर पूगनै अनुमान गरिएको छ। यो अवधिमा १५ वर्षमाथिका साक्षरता दर ९० प्रतिशत र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहने प्रम ओलीले बताए । नेपाल अनपढ नभएको देश बनाउने हाम्रो योजना हो,’ उनले भने ‘ योजनको अन्त्यसम्म निरक्षता उन्मूलन भएको हुन्छ।’

हामी नेपालीहरूको सुरक्षा, सुरक्षित भविष्य र सुख चाहन्छौं। यसो गरिरँदा मानवजाती र सुखी र सुरक्षित बनाउन त्यसको ख्याल राख्छौं,’ ओलीले भने, ‘दीर्घकालीन सोचका  लक्ष्यहरू यहि आधारमा तय पारिएका छन्।’

Tuesday, April 2, 2019

अख्तियारको कामप्रति जिल्लावासीको गुनासो

खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला भ्रष्टाचारीलाई समात्न नसकेको’ खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मंगलबार दिक्तेलमा आयोजना गरेको भ्रष्टाचारको नियन्त्रणमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले ससाना भ्रष्टाचारीलाई अख्तियारले समाते पनि ठूला भ्रष्टाचारीलाई समातेर कारबाही गर्न नसकेको गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागि जिल्लावासीहरु ।

कार्यक्रममा सहभागी बलराम आचार्यले ‘साना माछा मात्र समातिदा’ संवैधानिक आयोगका रुपमा रहेको अख्तियारप्रतिको विश्वास गुम्ने खतरा बढेको औल्याए । सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सदस्य सूर्य राईले देशका विशिष्ट नेताको नाम भ्रष्टाचारमा मुछिदा समेत आयोगबाट जवाफ आउन नसकेको बताए । ‘अख्तियार आफैभित्र पनि समस्या देखिन्छ । 

ठूला मान्छेमाथि उठेका प्रश्नको जवाफ पनि जनताले पाउँदैन,’ प्रदेश सदस्य राईले भने, ‘भ्रष्टाचारको धेरैभन्दा धेरै उजुरी अख्तियारमा पर्नुपर्छ, उजुरी परेन भने बिश्वास घटेको ठहरिन्छ ।’ सामुदायिक वन उपभोक्ता महासंघकी प्रदेश सदस्य रामकुमारी राईले अख्तियारको पहुँचलाई गाउँ–गाउँमा पुयाउन आग्रह गरिन् ।

सहभागी मोहन गुरुङले नियतवस र अन्जानमा भएका अनियमिततालाई छुट्याएर दोषी पत्ता लगाएर कारबाही गर्न अख्तियारको ध्यानाकर्षण गराए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख सह–सचिव महेश आचार्यले कारबाही गर्नेक्रममा ठूला माछा र साना माछा’ भनेर फरक व्यवहार नगरेको बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७४/०७५ मा खोटाङबाट शिक्षामा ९ वटा, स्थानीय तह सम्वन्धी १ वटा, उर्जा सम्वन्धी १ वटा, सिँचाई सम्वन्धी १ वटा र स्वास्थ्य सम्वन्धी १ वटा उजुरी परेको छ ।

Monday, April 1, 2019

विकास निरन्तर हुँदै जाने प्रक्रिया हो –अस्मिता कार्की

लामो समयदेखि खोटाङ जिल्लालाई आधार बनाएर राजनीति गर्दै आउनुभएकी नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व सभासद समिता कार्कीसँग विकास निर्माण, महिला सशक्तिकरण, राजनीतिलगायतका विषयमा गरेको कुराकानीको संपादित अंशः
  • जिल्लामा के कस्ता विकासका योजनाहरु बन्दै छन् ?

मैले २०६४ सालको निर्वाचनमा चुनाव जित्ने बेला खोटाङ जिल्लाका सबै ठाउँमा पैदल हिँड्नुपर्ने अवस्था थियो । जिल्लाको कुनै पनि ठाउँमा व्यवस्थित बाटो थिएन । हामी खोटाङ जिल्लाबाट जनप्रतिनिधिको रुपमा विजयी भएपछि चार वर्षको बिचमा सडक विस्तारमा हामी तिब्र रुपमा अगाडि बढ्यौं । आठवटा गाविस बाहेक अन्य सबैमा हामीले बाटो विस्तार गर्ने कार्यहरु ग¥यौं । तर अहिले स्थानीय तह जुन खोटाङ जिल्लामा दुई नगरपालिका र आठ गाउँ पालिका गरी दशवटा नगर र गाउँपालिका छन् । अहिले केन्द्रबाट स्थानीय तहमा गएको बजेटले विकास निर्माणमा महत्व दिएमा धेरै नै विकास निर्माणका कार्य र आधारहरु बन्छन् । अहिले निर्वाचित हुनुभएका १० वटै नगर र गाउँपालिकाका जनप्रतिनिधिहरुले पनि हामीहरुले जस्तै विकास निर्माणका कार्यमा इच्छा शक्ति देखाएको खण्डमा विकट जिल्ला भए पनि चाँडै नै सबै नगर र गाउँ पालिकाको वडाहरुमा सडक विस्तार हुन्छ र अन्य विकासका पूर्वाधारहरु ल्याई नयाँ उचाईमा पुग्न सकिन्छ । २०६४ सालको चुनाव ताका खोटाङमा विजुली वत्तीको व्यवस्था थिएन । तर, एक दशक पुगिसक्दा भने जिल्लाको विकास निर्माणका कार्यहरु द्रुत गतिले अगाडि बढिरहेका छन् । देश अहिले शान्ति प्रक्रियामा गएपछि हाम्रो जिल्लामा ठूला ठूला विकास निर्माणका योजनाहरु पुगेका छन् । मध्ये पहाडी लोकमार्गले हाम्रो जिल्ला छोएको छ । सडक विस्तारको कार्यसँगै साना जलविद्युतको पनि उत्पादन कार्यहरु भइरहेका छन् । मेन प्रसार लाइन पनि तिब्र गतिमा विस्तार भइरहेको छ । विद्युत क्षेत्रमा पनि खोटाङ जिल्ला अगाडि बढिरहेको छ । पहिला खोटाङबाट काठमाडौं आउँदा तिन दिन लाग्ने गथ्र्यो भने अहिले बिहान ६ बजे खोटाङबाट यात्रा गर्दा पाँच बजे काठमाडौं आउन सक्छौ ।
  • खोटाङका कतिपय पर्यटकीय क्षेत्र ओझेलमा पनि परेका होलान्, खोटाङको हलेशी महादेव धार्मिक रुपमा एकदम चर्चित धार्मिक स्थल पनि हो । यी ठाउँको प्रबद्र्धन लागि यहाँको कस्ता योजनाहरु छन् ?

हलेशी महादेव नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चित धार्मिक स्थलको रुपमा परिचित छ । हलेशी महादेव क्षेत्र विकास गर्न राज्यको माथिल्लो निकायले पनि चासो देखाएको छ । हामीले पनि हलेशी क्षेत्र विकासका लागि हलेशी गुरुयोजना बनाउनुपर्छ भन्ने मान्यताका आधारमा हामीले अहिले समिति पनि गठन गरेका छौं । प्रतिनिधि सभा सदस्य माननीय विशाल भट्ट्राईको नेतृत्वमा यो समिति बनेको छ । हलेशी महादेवलाई व्यवस्थित गर्न धेरै कुराहरु बाँकी छन् । मन्दीरका नाममा कति जग्गा छ त्यसको पनि टुँगो लगाउन बाँकी छ । हलेशी वरीपरी अहिले बस्तीहरु जसरी अव्यवस्थित रुपमा बसोबास भइरहेको छ त्यो बस्तीलाई पनि व्यवस्थित गर्नुपर्ने छ । त्यसले गर्दा पछिल्लो चरणमा यो समिति अन्तर्गत यो सबै कामहरु अगाडि बढाउनुपर्ने छ । हलेशीको गुरुयोना निर्माण गर्ने सवालमा समिति अगाडि बढेको छ र समितिले काम थालेको पनि छ । समितिको दुईवटा बैठक बसेको छ र महत्वपूर्ण निर्णयहरु गर्न बाँकी छ । अहिले सम्भाव्यता अध्ययन गर्ने भनेर कामको प्रक्रिया अगाडि बढाएको छ ।


  • नेपालका प्रत्येक जिल्लाका युवाहरु रोजगारीका लागि प्रत्येक दिन विदेशीने गर्छन्, खोटाङको हकमा भने स्थानीय रोजगारी सिर्जना गर्न, कृषिलाई सवलीकरण गर्न यहाँले के कस्ता योजनाहरु सार्नु भएको छ ?

यो कुरा ज्यादै जटिल कुरा हो । तपाईंले यो जुन कुरा उठाउनु भएको छ यो लामो समयदेखि यसलाई ठूलै समस्याको रुपमा लिएका छौं । बास्तवमा यो सिङ्गो राष्ट्रको समस्या हो । खोटाङको हिसावले हामी यो जिल्लाको जिम्मेवार नेता, जिम्मेवार जनप्रतिनिधि भएको हिसावले हामीले यही जिल्लाका विदेशीएका युवाहरुलाई फर्काएर रोजगारी सिर्जना गर्न कसरी सकिन्छ भन्ने एक खालको बहस चलाइरहेका छौं । त्यस्ता युवाहरुलाई जिल्लाम कसरी रोजगारी दिने भन्ने योजना अहिले भइसकेको छैन । हामीले रोजगारीका लागि के प्रयास गरेकाछौं भने अहिले नगरपालिका र गाउँपालिका बनेका छन् । नगरपालिका र गाउँपालिकामा राज्यले अहिले ठूलो बजेट विनियोजन गरेको छ । यो बजेट कृषि क्षेत्रमा बढी लगानी गरेको खण्डमा कृषिबाटै रोजगारी सिर्जना गर्न सकिन्छ । खोटाङ जिल्लामा धेरै नै कृषी योग्य जमिन छन् । काम गर्ने मान्छे छैनन्, आफ्ना जग्गा जमिन बाँझो राखेर धेरैले बसाई सराई गरेका छन् । त्यसले गर्दा यो समस्या कसरी हल गर्न सकिन्छ भन्ने तिर पनि हामी लागेका छौं । बढी भन्दा बढी किसानहरुलाई कृषि क्षेत्रमा जोडेर कसरी हुन्छ त्यहाँका बेरोजगारीहरुलाई रोजगारी दिन सकिन्छ भन्ने बारे केही कार्यक्रमहरु बनिरहेका छन् । तर म तपाईलाई यो कुरा राख्न चाहन्छ्ु कि कृषिमा हामीले जुन ढंगबाट सोचेका छौं अहिलेको बजेटबाट त्यो सम्भव छैन । अहिले किसानलाई राज्यले जुन सुविधा दिएको छ जुन सुविधा हामीले सोचेको सुविधा भन्दा कम भएको छ र हामीले सोचेको जस्तो भएको छैन । किसानलाई जुन काम गरेपछि हामी राज्यबाटै सुरक्षित छौं भन्ने वातावरण बनाउनुपर्छ । त्यतातिर राज्यले कुनै ध्यान दिएको देखिँदैन । त्यसले गर्दा किसानहरु निरुत्साहित छन् । किसानले हलो, कुटो कोदालो गरी कृषि पेशा अंगालेपछि किसानले पाउने सुविधा के हो भन्ने कुरा राज्यले ठोस निर्णय गरेको छैन । हामी चाहन्छौं पहिलो कुरा कृषि पेशालाई राज्यले व्यवस्थित गर्नुप¥यो । राज्यले कृषि पेशा लगानी गर्ने कृषकको लगानीको ग्यारेन्टी लिनु प¥यो । कृषकले कुटोकोदालो गरेर उत्पादन गरेको तरकारी, फलफुल आदि प्राकृतिक प्रकोपका कारण नष्ट भएको खण्डमा त्यसको लगानी राज्यले व्यवहोर्ने वातावरण बनाउनुपर्छ । कृषकले उत्पादन गरेको तरकारी, फलफुल, दुधलगायतक खाद्य पदार्थहरु राज्यले नै व्यवस्थितरुपमा विक्री वितरण गर्ने वातावरण बनाइदिनु पर्छ । अनि मात्र कृषी पेशा अंगाल्न कृषकहरुको मनोबल बढ्छ । राज्यले यस्तो नीति ल्याएको खण्डमा कृषि पेशाप्रति आम जनताको इच्छा जाग्छ र कृषि पेशा व्यवस्थित हुन्छ र कृषि क्षेत्र विकसित हुन्छ । कृषि क्षेत्र विकास गरेको खण्डमा पर्यटन क्षेत्र पनि विकासका सम्भावनाहरु पनि थुप्रै हुन्छ । वन जंगलका धनी हामी जंगललाई व्यवस्थित गर्न सकिरहेका छैनौं । खोटाङमा धेरै नै वन जंगलको धनी जिल्ला हो । यसलाई पनि व्यवस्थित गर्न हामी लागिरिरहेका छौं ।
  •  पुरुषको दाँजोमा महिलाहरु किन खुलेर आउन सकिरहेको अवस्था छैन ?

महिलाहरुको हिसावले यो जटिल विषय पनि हो । हामीेले पनि लामो समयदेखि संघर्ष गरेका हौं । बलिदानीपूर्ण लडाई पनि लड्यौं । सहभागिताको हिसावले हिजो जनआन्दोलनमा चालिस प्रतिशत महिलाहरुलाई सहभागिता गराएर त्यतिबेला महिलाहरु पनि हरेक क्षेत्रमा सक्षम छन् भन्ने पुष्टि गर्दै आएका छांै । सेनामा पनि महिलाहरुको भर्ती थिएन त्यहाँ पनि जनयुद्धकै कारण महिलाहरुको भर्ती खुल्ने कार्य सुरु भयो । त्यसकारण महिलालाई कानुनी रुपमा पनि निकै महत्वपूर्ण अवसर पाउने अवस्थाहरु सिर्जना भएका छन् । अहिलेको संविधानले महिलालाई धेरै हक अधिकारको सुनिश्चितता गरेको छ । राज्यको हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चिता गराएको छ । अहिले राज्यको हरेक तहमा प्रमुख पुरुष भए सहायक प्रमुख महिला भएका छन् भने प्रमुख पदमा महिला भए सहायक पदमा पुरुष हुने थालनीको विकास भएको छ । यसले महिलालाई सशक्तिकरणमा लैजानको लागि, महिलाको विकासको लागि, राज्यको हरेक तह र तप्कामा बसेर काम गर्नको लागि यसले निकै ठूलो महत्वपूर्ण भूमिका खेल्ने छ । हिजो महिलाहरुको जुन अवस्था थियो अब त्यसभन्दा माथि उठ्ने विश्वास मैले लिएको छु । किनकी अहिले राज्यका तहहरुमा बसेर उपाध्यक्ष भएर नै किन नहोस राज्य सत्ता कसरी संचालन गर्नुपर्छ भन्ने अनुभूति महिलाले प्रत्यक्ष पाउँछन् । सोही कारणले पनि हिजोको अवस्थामा महिलाहरु पक्कै पनि त्यो अवस्थामा रहँदैन, अपडेट रहँन्छन् नै । महिलाहरु सशक्तिकरणको अभियानमा अगाडि बढ्छन् नै । सवाल रह्यो एनजीओ र आईएनजीको सवाल छ, त्यसले महिलाप्रति खेल्ने भूमिकाको सवालमा एउटा हातमा हरियो घाँस लिएर अर्को हातमा सिर्कानो बोक्ने जुन प्रक्रिया छ त्यसबाट महिलाको विकास हुन्छ भन्नेमा म विश्वस्त छैन । हामीले महिलाहरुको सहभागिताकै हिसावले महिलाहरुको विकास प्रक्रिया ल्याउन सक्छौं ।
  • परिवर्तनको लागि धेरैले संघषहरु गर्नुभयो, सफलता पनि हात लाग्यो तर परिवर्तनको हिसावले जति परिवर्तन हुनुपथ्र्यो त्यति परिवर्तन भएन भन्ने पनि सुनिन्छ, त्यसलाई कसरी हेर्नुहुन्छ  ?

परिवर्तन भन्ने कुरा चाहिँ सुन्ने कुराभन्दा पनि अनुभूति गर्ने कुरा रहेछ । परिवर्तन भएन भनेर जति आलोचना गर्न सजिलो छ बनाउन त्यति नै अप्ठ्यारो छ । मेरो बुझाईमा के छ भने परिवर्तन भन्ने कुरा जादुको छडी पनि त होइन । विस्तार विस्तार मुलुक र समाजलाई परिवर्तन दिशातिर लैजाने कुरा हो । मुलुक र समाजलाई विस्तार विस्तार परिवर्तनको दिशातिर लैजादा खेरी हिजोको अवस्था र अहिलेको अवस्थाको मापन त गर्नुप¥यो । वास्तवमा मेरो जीवनको भोगाइको हिसावले भन्ने हो भने मुलुक हिजोको अवस्था भन्दा अहिले नितान्त फरक अवस्थामा छ । सुविधा भोग गर्ने प्रक्रियाको हिसावले हेर्नुस्, सूचना संचारको हिसावले हेर्नुस्, भौतिक पूर्वाधारको हिसावले हेर्नुस्, हिजो हामीले कति धेरै दुःख कष्ट सहेर यात्रा गर्नुपथ्र्यो अहिले त्यो स्थिति छैन । अहिले हरेक सेवा सुविधा लिने हिसावले हिजोको जस्तो अहिले मुलुक छैन आज मुलुक नयाँ ढंगले अगाडि बढिरहेको छ । हामी त्यो विकासलाई कसरी अनुभूति गर्छौ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो । अनुभूति गर्दाखेरि धेरै राम्रो भएको छ । सोचेजति जुन ढंगले भन्नुभयो नि सोचे जति त मान्छेलाई कहिले पनि हुँदैन । सोचे जति गर्नको लागि अझै पनि हाम्रो क्रियाशिलताको खाँचो छ । हामीले काम गर्नुपर्छ, जागरुकता देखाउनुपर्छ । त्यसको आधारमा ग¥यौं भने असम्भव भन्ने कुरा चाहिँ हुँदैन । यसलाई हामी सम्भव गर्न सक्छौं, परिवर्तन गर्न सक्छौं र सोचे जस्तो पनि बताउन सक्छौं । 
  • ०नेपाली राजनीतिमा महिलाहरुको सहभागिता केही बढेको देखिन्छ, तर अपेक्षित रुपमा बढ्न नसकेको पनि देखिन्छ, यसलाई कसरी हेर्नु भएको छ ?

नेपाली राजनीतिमा महिलाहरुको सहभागिता अपेक्षित रुपमा बढ्न नसकेको स्वभाविक पनि हो । हामीले लामो समयदेखि महिलाहरुको जुन क्षमता छ त्यसलाई सही ढंगले प्रयोग गर्नको लागि पार्टीका नेताहरु, राज्यको तहमा रहेको जिम्मेवार व्यक्तिहरुले विशेष हिसावले सोच्नुपर्छ । महिलामा अहिले जुन किसिमको जागरण छ, त्यो लेवलबाट अगािड बढ्दाखेरि नेतृत्वको पनि त्यही लेबनबाट विकास भएको छैन किनभने लामो समयदेखि पछाडि परेको लिङ्ग हो । जुन चरणमा जुन खालको विकास भएको छ केही महिला लिडरहरु फिल्डमा देखिनुभएको छ त्यसको संरक्षणको लागि विशेष हिसावले मैले अगाडि पनि भनिसके नेतृत्व गर्ने राजनीतिक पार्टीका नेताहरुले नै ध्यान दिनुपर्छ । तर मलाई लाग्छ अहिले पनि कुन महिला नेता कुन लेवलबाट कुन खालका भूमिका निर्वाह गरिरहेका छन् त्यसलाई संंरक्षण गर्नको लागि हाम्रो भूमिका के रहन्छ भन्ने कुरामा हाम्रा नेताहरुले त्यति ध्यान दिएको जस्तो मलाई लाग्दैन । एउटा मात्रै उदाहरण के दिन चाहन्छु भने २०६४ सालमा हामीले प्रतिनिधित्व गरिराख्दा खेरी भर्खर जनयुद्धबाट आएका थियौं । जनयुद्धबाट आउने क्रममा त्यतिखेर महिलाहरुलाई टिकट दिने सवालमा पार्टीका नेताहरुमा हिचकिचाहट देखिएन । धेरै ठाउँबाट महिलाहरुले टिकट पाउनुभयो करिब २४ ठाउँबाट महिलाहरुले जितेर पनि आउनुभयो । जितेको महिलाहरुको संविधानसभामा राम्रो प्रतिनिधित्व पनि थियो । तर, अहिले पछिल्लो चरणमा आउँदाखेरी हाम्रो नेताहरुले शान्ति प्रक्रिया सुरु भएपछि महिलाहरु सक्षम छन् भन्ने कुरालाई विस्तारै विस्तारै भुल्दै गएका हुन् कि भन्ने हामीहरुलाई अनुभूति भएको छ । २०७० सालको निर्वाचनमा आउँदाखेरि त्यो संख्यामा महिलाहरुले प्रत्यक्षमा टिकट पाएनन् । झन् पछिल्ला निर्वाचनहरुमा त झन् महिलाहरुको सहभागिता झन् खुम्चिएर महिलाहरुले एक प्रतिशतले पनि टिकट नपाउने अवस्था देखियो । प्रतिस्पर्धामा जान महिलाहरुलाई रोकिन्छ, महिलाहरुको नेतृत्वको विकास भए पनि सक्षम नेतृत्व बन्न सक्दैन । फिल्डमै नेतृत्व गर्ने वातावरण राजनीतिक दलले गर्नुपर्छ तर त्यो बनाएइको अवस्था छैन । संविधानले ३३ प्रतिशत महिलालाई अधिकार दिने भनेको छ । तर माथिल्लो निकाय भनेको प्रतिनिधि सभा, प्रदेश सभा हो नि, तर त्यहाँ महिलाको संख्या भनेको समानुपातिकमा मात्र कोटा सुरक्षित गर्नेहरुले मात्र प्रतिनिधित्व गरेर आएको देखिन्छन् । सानो संख्यामा मात्र प्रत्यक्षमा संघर्ष गरेर आउनेहरुको संख्या ज्यादै कम छ । त्यसैले अहिले पनि महिलाहरु निरीह बनेर बस्नुपर्ने अवस्था छ । महिलाहरुको विकासका लागि महिलाले काम गर्ने फिल्ड जति धेरै पाउँछन् त्यति त्यही लेबलबाट नै महिलाहरुको विकास हुन्छ । माया र दयाको हिसावले महिलाहरुलाई प्रतिनिधित्वमा पठाउने हो भने चाहिँ अहिले देखिएको छ कि नगरपालिका र गाउँ पालिकाको थोरै संख्यामा मात्र महिलाहरुले प्रमुख पाएका छन् भने धेरै नै उपाध्यक्ष र उपमेयरकै भूमिकामा बस्नु परिरहेको छ ।
  • ० त्यसो भए महिला नेतृत्वहरुले के कस्तो दवाव दिनुपर्ने आवश्यकता छ वा के हुनुपर्छ  ?

महिला संगठनले पनि यो समस्याको पहिचान गरेर यसको विरुद्ध संघर्ष गर्नुपर्छ । पार्टीभित्र निरन्तररुपमा दवाव दिनुपर्छ भन्ने अभियानमा त निरन्तरै लागिपरेको छ । महिलाप्रति अविश्वास गर्ने जुन खालको चिन्तन छ त्यो चिन्तनको विरुद्धमा चाहिँ संघर्ष गर्नुपर्ने जरुरी छ । नेताहरुलाई सचेत गराउनु जरुरी छ । अहिले अप्ठ्यारो कस्तो छ भने प्रत्यक्ष हिसावले महिलाहरु सक्षम छन् कि छैनन् भनेर देखाउनका लागि एउटा फिल्ड थियो, संघर्षको एउटा मोर्चा थियो । मोर्चामा गएर महिलाहरुले देखाउन सक्थे तर पछिल्लो चरणमा महिलाहरुको राजनीतिक भूमिका मात्र देखिएको छ, महिलाले राजनीतिक भूमिकामा भूमिकै देखाउने अवस्था नपाएपछि महिलाले आफ्नो क्षमता नै देखाउने अवसर पाउँदैनन् । त्यसैकारण राजनीतिक सहभागिमा समान सहभागिता जनाउनकै लागि पनि संघर्ष गर्नुपर्ने हुन्छ । अनि मात्र महिलाहरुको अधिकारलाई सुनिश्चित गर्न सकिन्छ ।
  • तपाईं एउटा महिला नेतृृ पनि हुनुहुन्छ, तपाईंलाई राजनीति गर्नलाई परिवारबाट कतिको सयोग मिलेको छ ?

मुख्य कुरा हामी के काम गर्दैछौं भन्ने हो । आफू आफैप्रति स्पष्ट हुनुपर्छ र कामप्रति पनि स्पष्ट हुनुपर्छ । परिवारप्रति हामी सबै जोडिएका हुन्छा्रै परिवारलाई पनि आफु को हुँ भन्ने पनि चिनाउनु जरुरी छ । परिवारले म को हुँ भन्ने चिनेपछि परिवारमा समय नपाउने समयको अभाव हुने कुरा चाहिँ सहायक कुरा जस्तो लाग्छ । म पनि अहिले पारिवारिक बन्धनमै बाँधेको मान्छु हुँ । तर, मलाई राजनीतिक काम गर्नको लागि मेरो पार्टीको अभियानमा हिँड्नको लागि, मेरो अन्य कामको लागि हिँडनका लागि मेरो परिवारले एक रति पनि बाधा अवरोध गरेको छैन । मेरो पार्टीको लागि, पार्टीको अभियानका लागि म जति खेर पनि जानसक्छु त्यो समय आफैले पनि म्यानेज गर्ने कुरा हो । दोस्रो कुरा परिवारलाई पनि त्यो कुरा स्पष्ट पार्नुपर्ने जरुरी छ । परिवार स्पष्ट भएपछि तिमी किन यो बाटोमा हिँडेको भन्ने प्रश्न गर्ने ठाउँ नै हुँदैन । मेरो सवालमा भन्ने हो भने मेरो श्रीमान पनि राजनीतिक क्षेत्रमै गर्नुहुन्छ, म पनि राजनीतिक गर्छु, हामी आ—आफ्नो ढंगबाट राजनीति गर्ने भएका कारणले पनि मलाई खासै समस्या छैन ।

ढिलासुस्ती गर्ने ठेकेदारमाथि प्रश्नको वर्षा

खोटाङ – ‘सडकको काममा के कारणले ढिलाइ भइरहेको छ ? पुलको काममा किन ढिलासुस्ती ? बनेका संरचना पनि किन कमजोर बनिरहेका छन् ? काम ढिलो गर्ने ठेकेदार, गाली खानुपर्ने सरकारले, किन ?’

यी प्रश्नहरू योङ कम्युनिस्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईका हुन्। खोटाङको मध्यपहाडी लोकमार्ग लगायतय महत्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको र बनेका संरचना पनि कमजोर भएको जनगुनासो बढेपछि सोमबार जिल्ला समन्वय समितिको संयोजनमा ठेकेदारसँग भएको छलफलमा लिगका अध्यक्ष राई ठेकेदारको गल्तीका कारण सरकारको आलोचना भइहेको भन्दै आक्रोसित मुद्रामा प्रस्तुत भए। ‘कमजोर संरचनालाई तत्काल भत्काएर सच्याउनुप¥यो,’ ढिलासुस्तीविरुद्ध पावर–प्वाइन्टबाट प्रस्तुति दिएका अध्यक्ष राईले भने, ‘होइन भने हाम्रो संगठनले भत्काउनेछ।’

मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी–बिजुले, बिजुले–हुर्लुङ, हुर्लुङ–दिक्तेल र दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रे, महुरे–फोक्सिङटार सडक कालोपत्रे, बतासे र राजापानी जोड्ने साप्सु खोलाको सडक पुल, साप्सु खोलाकै मात्तिम र लफ्याङ जोड्ने सडक पुल, सुनकोसीस्थित फोक्सिङटार पुल, मनमाया राई खानीडाँडा विमानस्थल मर्मतलगायत ठूला आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती र गुणस्तरहीन काम भएको भन्दै गुनासो आएपछि जिल्ला समन्वय समितिले सम्बद्ध निर्माण कम्पनीका प्रमुख तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो। हालसम्म भएका कामको प्रगतिका विषयमा जानकारी लिन, ढिलासुस्तीको कारण बुझ्न र प्रतिबद्धता जुटाउन ठेकेदारलाई छलफलमा बोलाइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए।



बैठकमा मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–च्यानडाँडा ३६ किलोमिटर खण्डको कालोपत्रे गरिरहेको रमन–गोल्डेन गुड जेभीका आङसांगे शेर्पा, हुर्लुङ–दिक्तेल खण्ड कालोपत्रे गरिरहेको लामा–नागार्जुन–त्रिसुली जेभीका राजाराम आचार्य, बिजुले–हुर्लुङ सडक खण्ड कालोपत्रे गरिरहेको लामा–नागार्जुन जेभीका रमेश घिमिरे, महुरे–फोक्सिङटार सडकको फोक्सिङटार–सिमपानी ९राजापानी० खण्ड कालोपत्रेको काम गरिरहेको देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभी र दिक्तेल–खानीडाँडा–आहाले कालोपत्रेको काम सुरु गरेको याक्तुहाङ साप सिरुवा जेभीका कल्याण खत्रीको उपस्थिति रहेको थियो।

बैठकमा उपस्थित जनप्रतिनिधि, नेता, स्थानीयलगायतले सडक, पुल, भवन निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहीन कामका विषयमा निर्माण कम्पनीका प्रतिनिधिमाथि प्रश्नको वर्षा गरेका थिए। पटक–पटक म्याद गुजार्दै सडक तथा पुलको काम अलपत्र पारेको, भएका काममा पनि गुणस्तर कायम गर्न नसकेको भन्दै सहभागीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई ¥याख¥याख पारेका छन्। लिगका अध्यक्ष राईले पावर–प्वाइन्टमार्फत सडक तथा पुलको तस्बिर र विवरण प्रस्तुत गर्दै निर्माण कम्पनीमाथि प्रश्न उठाएका थिए। ‘राष्ट्रिय महŒवका सडक तथा पुल निर्माणको काम यथाशीघ्र पूरा गर्नुप(यो। स्थानीय वा प्रदेश सरकारले नियमित अनुगमनको व्यवस्था गर्नुप¥यो,’ अध्यक्ष राईले भने, ‘अटेर गर्ने ठेकेदारलाई कारबाही हुनुप(यो।’

बैठकमा सहभागीले कामको जिम्मा लिएका मुख्य ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले काम गर्दा र विभिन्न पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा भौतिक संरचनाको काम गुणस्तरहीन भएको, सिमेन्ट र बालुवाबाट बनाइएका पर्खाललाई क्युरिङ ९नियमित पानीले भिजाउने काम० नगर्दा सडकको संरचना कमजोर बनेको भन्दै आवाज उठाएका थिए। त्यही क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले ढिलासुस्ती गर्ने र गुणस्तहीन काम गर्ने ठेकेदारलाई स्थानीय सरकारले नछाड्ने चेतावनीसमेत दिए।

जिल्ला समन्वय समितिले सडक, पुललगायत भौतिक संरचना निर्माणको काममा ढिलासुस्ती गर्ने सबै ठेकेदारलाई छलफलमा बोलाए पनि अधिकांश ठेकेदार अनुपस्थित थिए। दर्जनौं सडक तथा पुलको काम भइरहे पनि छलफलमा पाँचजना निर्माण व्यवसायीमात्र उपस्थित थिए। सडक तथा पुल निर्माणको काममा बढी ढिलासुस्ती गर्ने ठेकेदार भने छलफलमा नआएको पाइएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए। ‘अलि–अलि काम गर्ने निर्माण व्यवसायीमात्र छलफलमा उपस्थित भए, काममा चरम ढिलासुस्ती गर्ने निर्माण व्यवसायी उपस्थित भएनन्, सायद अप्ठेरो भएर होला,’ चाम्लिङले भने, ‘फेरि पनि छलफल बोलाउने छौँ। उपस्थित नभए कारबाहीमा जान्छौँ।’ – दमन राई नागरिक न्यूजबाट